दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Himalaya Television
२०७७ फागुन २४ गते १३:२३

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२४ फागुन २०७७ दाङ । दाङको देउखुरीमा बस र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ना ४ ख ९०१६ नम्बरको बसको ठक्करबाट भे ११ प ३५९७ नम्बरको मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको हो ।

ठक्करबाट लमही नगरपालिका८ निम्बुखुटीका ३० वर्षीय प्रकाश थापा र सोही स्थानका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs