उर्लाबारी हत्या प्रकरणमा प्रहरीले स्वीकार गर्‍यो कमजोरी

हिमालय टिभी
२०७७ फागुन २३ गते १७:११
उर्लाबारी हत्या प्रकरणमा प्रहरीले स्वीकार गर्‍यो कमजोरी

२३ फागुन २०७७ मोरङ । मोरङको उर्लाबारीका प्रवीण बास्तोला हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले कमजोरी भएको स्वीकार गरेको छ ।

मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले आज सार्वजनिक गरेको प्रतिवेदनमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले कमजोरी गरेको उल्लेख छ ।

अनुसन्धान मिसिलमा सम्लग्न कागजातहरु नियमित प्रमाणीकरण गर्ने, अनसुन्धान सम्बन्धी भौतिक सवुतको परीक्षण गर्ने र प्रतिवेदन अविलम्व प्राप्त गर्ने, सम्बन्धित निकाय, जाहेरवाला पक्षहरुसँग प्रभावकारी समन्वय र सम्पर्क गर्ने कार्यमा कमजोरी देखिएको समितिको निष्कर्ष छ ।

मोरङ प्रहरी सन्तोष खड्काले अनुसन्धानमा अन्य कमीकमजोरी भए पनि मृतकका आफन्तले आरोप लगाएको नक्कली फोटो मिसिलमा सम्लग्न नभएको जानकारी दिनुभयो ।

प्रहरीले घटनामा सम्लग्न ६ जनालाई पक्राउ गरिसकेको छ । घटनामा सम्लग्न मेहरमान दर्जी, सुदिप परियार, राजेश रणपहेलीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

त्यस्तै कुमार राई, रमेश गिरि धरौटीमा रिहा भएका छन् । दिपेश पौडेललाई पक्राउ गरी अदालत लैजाने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *