माइक्रो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई जना घाइते

हिमालय टिभी
२०७७ फागुन २३ गते ९:२८
माइक्रो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई जना घाइते

२३ फागुन २०७७ विराटनगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।

सुन्दरहरैँचा नगरपालिका–८ र ७ को सिमानास्थित मध्याली पुलनजिक माइक्रो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा बिहान मृत्यु भएको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार काठमाडौंबाट यात्रु लिएर झापाको बिर्तामोड जाँदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रो र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।,

तीव्र गतिमा रहेको मोटरसाइकल एक्कासी माइक्रो बसको अगाडीको भागमा ठोकिएर मध्याली पुलनजिक ठोकिन पुगेको थियो ।

दुर्घटनामा माइक्रो चालक काठमाडौं बस्ने २८ वर्षीय गणेश थापा र सह–चालक मोरङ बेलबारीका अन्दाजी १८ वर्षीय उत्सव गिरी घाइते भएका छन्। गम्भीर अवस्थाका दुवै जनाको विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *