५० हजार घुससहित सवइन्जिनियर लामिछाने पक्राउ
२०७७ फागुन २१ गते १६:३९
२१ फागुन २०७७ हेटौंडा । ५० हजार घुस रकमसहित हेटौंडाबाट एक कर्मचारी रङ्गेहात पक्राउ परेका छन् ।
प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजनामा कार्यरत सवइन्जिनियर नेत्रप्रसाद लामिछाने घुस रकमसहित पक्राउ परेका हुन् ।
विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं टंगालबाट खटिएको टोलीले रकमसहित लामिछानेलाई पक्राउ गरिएको हो ।
लामिछानेलाई थप अनुसन्धानका लागि हेटौंडाबाट काठमाडौं ल्याइएको छ ।
प्रतिक्रिया