नेता भट्टराईद्वारा दोभानका आगलागी पीडितलाई पाँच लाख सहयोग

हिमालय टिभी
२०७७ फागुन २१ गते १५:५०
नेता भट्टराईद्वारा दोभानका आगलागी पीडितलाई पाँच लाख सहयोग

२१ फागुन २०७७ ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उहाँले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले आगलागीपीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । यस्तै तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागीपीडित परिवारका लागि नगद रु ५० हजार सहयोग गर्नुभयो ।

गत मङ्गलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन् । उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका साथै व्यक्तिहरूद्वारा राहत वितरण गरिको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *