औद्योगिक क्षेत्र शिलान्यास गर्न लाग्दा स्थानीयको प्रदर्शन

हिमालय टिभी
२०७७ फागुन २१ गते १३:५९
औद्योगिक क्षेत्र शिलान्यास गर्न लाग्दा स्थानीयको प्रदर्शन

२१ फागुन २०७७ बुटवल । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यस कार्यक्रमको तयारी भइरहेका बेला स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।

अर्थमन्त्री विष्णु् पौडेलले औद्योगिक क्षेत्रको आज शिलान्यास गर्ने कार्यक्रम छ। कार्यक्रम अघि स्थानीयले कार्यक्रम स्थलमा नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले हातमा कालो झण्डा र प्लेकार्ड लिएर किसान मार्न पाइँदैन, भोगका आधारमा लालपूर्जा वितरण गरलगायतका नारा लगाएका छन्।

हिजो उनीहरुले कार्यक्रमका लागि बनाइएको मञ्च भत्काइदिएका थिए । अहिले त्यहाँ ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तिनाउ नदी किनारको ८ सय १३ बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउने तयारी छ ।

औद्योगिक क्षेत्रले बुटवल उप(महानगरपालिका, तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकाका विभिन्न भाग समेट्नेछ ।

तर मोतिपुर क्षेत्रमा भने मुआव्जा र विस्थापितको बसोबासलाई लिएर सहमति हुन सकेको छैन । सहमति नगरी शिलान्यास गर्न लागिएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *