युवती हत्या गरेर फरार युवक सार्वजनिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २० गते २०:३६
युवती हत्या गरेर फरार युवक सार्वजनिक (भिडियो रिपोर्टसहित)

२० फागुन २०७७ गुल्मी । गुल्मीको भाडगाउँमा युवती हत्या अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा २१ वर्षीया सम्झना बोहराको हत्या गरेको अभियोगमा प्रहरीले ४७ वर्षीय लालबहादुर खत्रीलाई पक्राउ गरेर आज आज सार्बजनिक गरेको हो ।

गत माघ २९ गते रातिदेखि बेपत्ता भएकी सम्झना फागुन १७ गते मृत अवस्थामा फेला परेकी थिइन । अभियुक्त लालबहादुरलाई जिल्ला अदालत गुल्मीबाट ७ दिनको म्याद थप गरि असुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्झना हराएको दुई दिनपछि सासु तोमकली खत्री पनि घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *