किन आठ लाखको बिटा फ्याँकेर भागे गाउँपालिका अध्यक्ष ?
२०७७ फागुन १८ गते १७:१५
१८ फागुन २०७७ धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फालेर भागेका छन् ।
छिरेश्वर नगरपालिका वडा नम्वर ५ मा गाउँपालिकाको गाडीबाट ८ लाख रुपैयाँ बाटोमा फालेर अध्यक्ष भागेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।
अध्यक्ष राउतले भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि अख्तियारको केन्द्रीय कार्यालयबाटै टोली धनुषा पुगेको थियो ।
राउत भागेपछि अख्तियारको टोलीले ८ लाख रुपैयाँसहित गाडी चालक वीरबहादुर मगरलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया