बोरामा प्याक गरेको अवस्थामा युवतीको शव फेला, पहिचान खुल्न बाँकी

हिमालय टिभी
२०७७ फागुन १७ गते १८:०४
बोरामा प्याक गरेको अवस्थामा युवतीको शव फेला, पहिचान खुल्न बाँकी

१७ फागुन, २०७७ गुल्मी । गुल्मी रेसुङ्गा नगरपालिका–३ को भाडगाउँमा एक युवतीको शव बोरामा हालेर फ्याँकेको अवस्थामा फेला परेको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–३ भाडगाउँमा आज युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

भाडगाउँँमा माघ २९ गते रातीदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुन सक्ने प्रहरी र आफन्तजनको अनुमान गरेका छन् ।

स्थनीय लालबहादुर खत्रीले घाँस काटने क्रममा शवको गन्ध आएको थाहा पाएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् । युवतीको शव घर नजिकै झण्डै डेढसय मिटर नजिकै बारीको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको डीएसपी पाण्डेले बताउनुभयो ।

शव भएको स्थानमा प्रहरीले घेराबन्दी गरेको छ । शवको पहिचान हुन बाँकी रहे पनि बेपत्ता सम्झनाको हुन सक्ने प्रहरीको अनुमान छ ।

सम्झनाको माइती पक्ष घटनास्थलमा अझै नपुगेकाले शवको पहिचान भने हुन सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते सासू तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *