बी डिभिजन लीग : आरसिटीसँग टुसाल क्लब १–० गोल अन्तरले पराजित

हिमालय टिभी
२०७७ फागुन १७ गते १६:३५
बी डिभिजन लीग : आरसिटीसँग टुसाल क्लब १–० गोल अन्तरले पराजित

१७ फागुन २०७७ काठमाडौं । टुसाल युथ क्लबलाई हराउँदै रानीपोखरी कर्नर टिम आरसिटी राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलको पाँचौं स्थानमा उक्लिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो । आससिटीको जितमा अजित गुरुङले गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि दुवै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

७३ औं मिनेटमा डिबक्स बाहिरबाट दोस्रो बार च्याप्दै अजितले प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । जीतसँगै आरसिटी ८ खेलबाट १२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ ।

टुसाल भने ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ । अर्को खेलमा सातदोबाटो युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *