कैलालीमा युवक मृत फेला, हत्या भएको आशंकामा अनुसन्धान शुरु

रासस
२०७७ फागुन १५ गते १४:१७

कैलालीमा युवक मृत फेला, हत्या भएको आशंकामा अनुसन्धान शुरु

१५ फागुन २०७७ कैलाली । गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ । मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्का गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs