Main News
समन्वय अभावका कारण विकास निर्माणको काम रोक्न हुन्नः सांसदहरु (भिडियो रिपोर्टसहित)
२०७७ फागुन १३ गते २०:३५

१३ फागुन २०७७ काठमाडौं । सांसदहरुले अन्तरमन्त्रालय समन्वयको अभावमा विकास निर्माणका कामहरु रोक्न नहुने बताएका छन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालाहरुसँग आज राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको बैठकमा छलफल गर्ने क्रममा सांसदहरुले मन्त्रालयहरुबीच समन्वय नहुँदा विकासका कामहरु प्रभावित हुने गरेको बताएका हुन् ।
बैठकमा सांसदहरुले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिन आग्रह गरेका थिए ।
विमानस्थल निर्माणसँग रिठेपानी डाँडा कटान, आयल निगमको डिपो सञ्चालन, ल्याण्डफिल्ड साइड, ढल निर्माण लगायतका विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया