स्रोत नखुलेको २५ लाख ३५ हजारसहित दुई जना भारतीय नागरिक पक्राउ

हिमालय टिभी
२०७७ फागुन १३ गते १५:३५
स्रोत नखुलेको २५ लाख ३५ हजारसहित दुई जना भारतीय नागरिक पक्राउ

१३ फागुन २०७७ वीरगञ्ज । बाराबाट प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया– ७ टोल नरकटिया बस्ने ३५ वर्षीय चन्द्र शेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको हो ।

कलैया–मटिअर्वा सडक खण्डअन्तर्गत कलैया उपमहानगरपालिका– ८ बरेवा टोलमा चेकजाँचको क्रममा उनीहरुको साथबाट उक्ता परिमाणको रकम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

आर ०५ के ०७९८ नम्बरको मोटरसाइकलको डिक्कीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा रकम फेला परेको उहाँले बताउनुभयो । उनीहरुको साथबाट प्रहरीले १ हजार दरका १७७२ थान अर्थात १७ लाख ७२ हजार र ५ सय रुपैयाँ दरका १ हजार ५ सय २६ थान अर्थात ७ लाख ६३ हजार रुपैयाँ गरी २५ लाख ३५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

रकमका बारेमा सोधपुछ गर्दा स्रोत नखुलाएकाले मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *