बी डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७७ फागुन १२ गते ८:१६
बी डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

१२ फागुन २०७७ काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लीग फूटबलमा आज पनि दुई खेल हुँदैछन् ।

आज बाँसबारी क्लब र टुसाल क्लब तथा श्रीकुमारी क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा बाँसबारी र टुसाल क्लबले खेल्ने छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा श्री कुमारी र श्री भगवती क्लब आमने(सामने हुनेछन् । एन्फा कम्प्लेक्समै हुने खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *