गाँजा जलाएर फर्किएको टोलीमाथि आक्रमण

हिमालय टिभी
२०७७ फागुन ९ गते १५:१३
गाँजा जलाएर फर्किएको टोलीमाथि आक्रमण

९ फागुन २०७७ मकवानपुर । मकवानपुरमा राक्सिराङ गाउँपालिकामा गाँजा जलाएर फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ ।

१८ क्विन्टल गाँजा जलाएर फर्किरहेको इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीमाथि राक्सिराङ गाउँपालिका वडा नम्बर १ कुपिनटारमा आक्रमण भएको हो ।

आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको प्रहरीले दाबी गरेको छ । तर राक्सिराङ गाउँपालिकाका स्थानीयले भने प्रहरीले थर्काएर लुट्ने प्रयास गरेको आरोप लगाएका छन ।

अवैध लागूऔषध गाँजा बरामद गर्ने भनी खटिएको प्रहरी टोलीले गाउँपालिका घ्याङ्सिङटार पारीभित्तामा पसलका सामान र नगदसमेत उठाएपछि प्रतिकार गरेको उनीहरुको दावी छ ।

गाँजा खानतलासी गर्ने नाममा प्रहरीले स्थानीय पसलको समान र नगद नै लुटेको आरोप लागेपछि घटनास्थल पुगेका वडाध्यक्ष कान्छाराम रुम्बालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष रुम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाँजा खानतलासी गर्ने नाममा स्थानीयमाथि दूव्र्यवहार र लुटपाट मच्चाइएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *