समाज

नयाँ पुस्ताको साथ खोज्दै नेपालगञ्जको मुशायरा, लोप हुने यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ९ गते १४:०९
नयाँ पुस्ताको साथ खोज्दै नेपालगञ्जको मुशायरा,  लोप हुने यस्तो चिन्ता (भिडियो रिपोर्टसहित)

९ फागुन २०७७ नेपालगञ्ज । मुशायरा अर्थात् रात्रिकालीन गजल गोष्ठी । मुशायरामा ‘एकले अर्काको सिर्जना सुन्ने र प्रशंसा गर्दै ‘वाह–वाह’ गरिन्छ । सांस्कृतिक विविधता र सामाजिक सद्भावका कारण नेपालगन्जमा बहुभाषिक कबि गोष्ठी र मुशायरा भइ रहन्छन ।

नेपालगन्जका सायरले मुशायरा गरेर शान्ति, सद्भाव र राष्ट्र प्रेमको सन्देश दिँदै आएका छन् । तर पछिल्लो पटक भने मुशायरा गर्ने क्रम कम हुँदै गएको छ ।

नेपालगन्जमा २०३३ सालदेखि प्रत्येक महिना मुशायरा हुन्थे । रातिको समयमा सर्जकहरु भेला हुन्थे । र यसरी फरक फरक भाषाका कविता सुनाउँथे ।

मातृभाषा उर्दू भएका सायरहरु नेपाली, अवधी, हिन्दी र थारू भाषाका गजल भन्थे र सुन्थे ।

उर्दु भाषी सायर अब्दुल लतिफ शौक र मुस्तफा कुरैसीले सामाजिक सद्भाव, राष्ट्र प्रेम र विकृति विसंगतिविरुद्ध आफ्ना रचनाहरु सुनाउँदै आउनु भएको छ ।

यस्ता मुशायराले नेपालगन्जले उर्दु र अवधी साहित्यका प्रख्यात सायर र कवि जन्माएको छ । नेपालगन्जमा मात्रै ४०–५० जना शायर थिए ।

तर पछिल्ला दिनमा नेपालगञ्जमा मुशायरा हराउँदै गएको छ । हरेक महिना हुने मुशायारहरु पछिल्ला दिनमा मुश्किलले वर्षमा एक दुई पटक हुने गरेका छन् । नेपाली, उर्दू, अवधी, हिन्दी र थारू भाषाका कविता र गजल घन्किने क्रम कम भएको छ ।

नयाँ पुस्ताले यसप्रति चासो दिन छाडेपछि अब मुशायरा र बहुभाषी कविता सुन्ने सुनाउने क्रम हराउँदै गएको छ ।

संविधानले बहुजातीय र बहुभाषिक देश भने पनि गणतन्त्र आएपछि मुसायारा र बहुभाषिक कवि गोष्ठीहरु संचालनका लागि सरकारी निकायहरुबाट सहयोग बन्द भएको छ । सरकारी सहयोग नहुँदा आफैं खर्च जुटाएर मुसायारा र बहुभाषिक कवि गोष्ठीहरु सञ्चालन गर्न कठिन हुने गरेको छ ।

संस्कृति र सिर्जनामा समाजलाई एकतामा बाँध्न सक्ने खुबी हुन्छ । तर उर्दु र अवधी साहित्यको विकास र सम्बर्द्धनमा सिङ्गो जीवन बिताएका शायर र कविहरु आफ्नो पुस्ताको अवशानपछि नेपालगन्जमा उर्दु र अवधी साहित्य नै लोप हुने हो कि भन्ने चिन्तामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *