पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

९ फागुन २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
डा। बाबुराम भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली जानु भएको उनको सचिवालयले जनाएको छ ।
पेटमा समस्या देखिएपछि डा। भट्टराईले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराइरहनुभएको थियो ।
चिकित्सकले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सिफारिस गरेकाले थप उपचारका लागि दिल्ली जान लागेको डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेको भनाइ छ ।
डा. भट्टराईले दिल्लीमा इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा उपचार गराउने हुनुभएको छ । उपचारका क्रममा वहाँ दिल्लीस्थित नेपाली दूतावासमा बस्ने तय भएको छ ।
डा. भट्टराईसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे पनि दिल्ली जानु भएको छ ।
प्रतिक्रिया