ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ फागुन ९ गते ६:४५
ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

९ फागुन २०७७ विराटनगर । पूर्वपश्चिमी राजमार्गअन्तर्गत मोरङको उर्लाबारी सडक खण्डमा हिजो साँझ भएको सवारी दुर्घटनामा दुई जनाको मृत्युु भएको छ ।

उर्लाबारी–४ स्थित भद्रमारी सडक खण्डमा भएको सडक स्कुटरलाई ट्रकल ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा उर्लाबारी ८ का २३ वर्षीय प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेलको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक उद्वव पोखरेलका अनुसार पूर्वबाट आउँदै गरेको को ३१ प ५१ स्कुटरलाई विपरीत दिशाबाट आएको प्रदेश १–०१–००१क १०३५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रको ठक्करबाट स्कुटरमा सवार उनीहरु सख्त घाइते भएकोमा उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुराउने बित्तिक चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए । स्कुटरलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *