नेपालगञ्जको भेरी अस्पतालमा पहिलोपटक आँखा उपचार सेवा शुरु (भिडियो रिपोर्टसहित)
८ फागुन २०७७ नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालले पहिलो पटक आँखा उपचार सेवा शुरु गरेको छ ।
भेरी अस्पतालमा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएका ३ सय ५० देखि ५ सयसम्म बिरामीहरु दैनिक उपचारका लागि आउँछन् । एउटै अस्पतालमा धेरै विशेषज्ञ सेवा उपलब्ध हुन थालेपछि बिरामीहरु लाभान्वित हुन थालेका छन् ।
ओपिडी शुरु भएसँगै अस्पतालले आँखाको दृष्टि जाँच र सामान्य प्रकृतिका शल्यक्रिया सेवा शुरु गरेको छ ।
पश्चिम नेपालको विशिष्टकृत सेवा प्रदान गर्ने प्रमुख अस्पतालको रुपमा विकसित गर्दै जाने उद्देश्यले पहिलो आँखा उपचार सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।
भेरी अस्पतालले मुटु, स्त्री तथा प्रसुती, चर्म, दन्तरोग, हाडजोर्नी, नाक कानघाटी, सर्जरी, मेडिसिन, बालरोग, मानसिक रोग, ग्याष्ट्रो सर्जरी, लगायतका १२ किसिमकको रोगका बिरामीहरुका लागि विशेषज्ञ सेवा दिँदै आएको छ ।
प्रतिक्रिया