प्रदेश २ सरकारको महत्वाकांक्षी योजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन ५ गते १९:०१
प्रदेश २ सरकारको महत्वाकांक्षी योजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ धनुषाधाम । प्रदेश २ सरकारको महत्वकांक्षी स्वास्थ्य योजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उद्घाटन गरिएको छ ।

प्रदेशका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य गर्न भन्दै प्रतिष्ठान बनाइएको हो । मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहले जनकपुरधामको प्रादेशिक अस्पताल प्राङ्गणभित्र संयुक्त रुपमा प्रतिष्ठान कार्यालय उद्घाटन गर्नुभयो ।

प्रतिष्ठान कार्यालयको उद्घाटनसँगै मुख्यमन्त्री राउतले प्रदेश २ ले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री राउतले अव जनकपुरधाममै एमबीबीएस, एमडी लगायतको पढाइ हुने भएपछि मधेशका युवा बाहिर जानुपर्ने आवश्यकता नरहने बताउनुभयो ।

मुख्यमन्त्री राउतले अहिलेसम्मका सरकारको गलत नीतिका कारण चिकित्सकका लागि आफ्नै गाउँठाउँमा काम गर्ने वातावरण नबनेको आरोप पनि लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *