हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहालीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

हिमालय टिभी
२०७७ फागुन ४ गते १७:१६
हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहालीको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

४ फागुन २०७७ नेपालगञ्ज । हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहाली गर्नुपर्ने माग गर्दै नेपालगञ्जमा आज प्रदर्शन भएको छ ।

राष्ट्रिय झन्डा बोकेर नेपालगन्जको शहरी क्षेत्रको परिक्रमा गरेका प्रदर्शनकारीले गणतन्त्र आएपछि नेपालको धर्म, संस्कृति र राष्ट्रिय गरिमा कमजोर हुँदै गएको आरोप लगाएका छन् ।

बागेश्वरी मन्दिर परिसरबाट निस्केको मोटर साइकल र्‍यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल शिव सेना पार्टी लगायत विभिन्न हिन्दू र राजावादी संघसंस्थाका समर्थक सहभागी भएका थिए ।

प्रदर्शनकारीले गणतन्त्र र पार्टीहरु असफल भएकाले देश र धर्म बचाउन राजा आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *