नवलपुर समाज दक्षिण कोरिया अध्यक्षमा डुम्रे उपाध्यक्षमा थापा चयन
२०७७ फागुन २ गते ७:०५

२ फागुन २०७७ दक्षिण कोरिया । नवलपुर समाज दक्षिण कोरिया अध्यक्षमा कृश्न डुम्रे चयन हुनु भएको छ ।
समाजको दोस्रो अधिवेशनवाट उपाध्यक्ष प्रकाश थापा र रोबिन पौडेल चयन हुन भएको छ । यस्तै सचिवमा बुद्धि सुवेदी, कोषाध्यक्षमा अमृत भुर्तेल,सह कोषाध्यक्ष सरना खरेल निर्विरोध चयन हुनु भएको हो ।
यसैगरी समाजको सदस्यमा गौतम थापाओबि सुवेदी रमेश काफ्ले शिव पान्डे चयन हुनु भएको छ । यस्तै समाजका उपाध्यक्ष प्रकाश थापाले सात समुद्रपारी रहेर पनि आफनो जन्म स्थानको लागि केही गर्ने उदेश्यका साथ समाज गठन गरिएको बताउनु भयो ।
उहाँले समाजले नवलपुरबाट कोरियामा आउनु भएका सबैको हक हितको लागि सधै साथ र सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो ।
प्रतिक्रिया