श्रीमानको घरभित्रै हत्या, श्रीमतीलाई विष खुवाएर बारीमा फालेको अवस्थामा फेला

हिमालय टिभी
२०७७ फागुन १ गते १४:१३
श्रीमानको घरभित्रै हत्या, श्रीमतीलाई विष खुवाएर बारीमा फालेको अवस्थामा फेला

१ फागुन २०७७ उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा आज बिहान एक पुरुषको घरमा नै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था पनि गम्भीर छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशङ्कामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् ।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक ९एसपी० भीमप्रसाद दाहालले बताउनुभयो ।

यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिनुुभयो ।

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ ।

केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *