धनकुटामा एउटा घरमा आगो लगाएर अर्को घरमा चोरी गर्ने प्रयास

हिमालय टिभी
२०७७ माघ ३० गते १४:१७
धनकुटामा एउटा घरमा आगो लगाएर अर्को घरमा चोरी गर्ने प्रयास

३० माघ २०७७ धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ ।

अज्ञात समूहले गएराती स्थानीय वीरबहादुर विश्कर्माको घरमा आगो लगाई उहाँको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास गरेको हो । आगलागीबाट विश्वकर्माको दुई तले घर जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

चोरी भएको विशङ्खे घरको सामान घरभन्दा केही पर फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो । स्थानीय कुशुम विशङ्खेको काटेर राखेको खरमा पनि आगो लगाइएको छ ।

शुरुमा कुशुम विशङ्खेको खरमा आगो लगाएको र त्यहाँ मानिस केन्द्रित नभएपछि विश्वकर्माको घरमा आगो लगाइ कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास गरेको प्रहरीको आशंका छ ।

प्रहरीले स्थानीयसँग सहकार्य गस् घटनामा संलग्नहरुको खोजी गरिरहेको एसपी अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *