आफ्नै छोरीको गोली हानी हत्या गरेका बाबु पक्राउ

हिमालय टिभी
२०७७ माघ २८ गते ९:३३
आफ्नै छोरीको गोली हानी हत्या गरेका बाबु पक्राउ

२८ माघ २०७७ दार्चुला । बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर १० महरागाउँका धनबहादुर महरालाई आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

माघ २४ गते दिउँसो माइती घरमा आएकी २० वर्षकी छोरी बेलमती महरा धामीलाई बुवा धनबहादुरले गोली हानी हत्या गरेका थिए । श्रीमतीसँगको झगडाको झोकमा आफ्नै छोरीको पछाडीबाट गोली हानी हत्या गरेर धनबहादुर शनिबारदेखि नै फरार थिए ।

९ महिने छोरालाई खाना खुवाउने क्रममा शनिबार दिउँसो बेलमतीलाई गोली हानी हत्या गरेका धनबहादुरले राती दोस्रो घरमा आगो समेत लगाएका थिए । घटनापश्चात् घरमा प्रहरीले सुरक्षा दिइरहेको थियो भने धनबहादुरलाई खोज्न प्रहरी टोली पनि परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक हरिशरण भट्ट नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । साथै सशस्त्र प्रहरीको टोलीसमेत घट्नास्थलमा परिचालन गरिएको थियो ।

घट्ना भएको चौथो दिन धनबहादुर महरालाई बैतडीकै दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ मल्लेखबाट नियन्त्रणमा लिइएको छ । स्थानीयको सहयोगमा फरार हत्या आरोपीलाई समात्न सफल भएको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

फरार धनबहादुरलाई इलाका प्रहरी कार्यालय पाटनमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *