विराटनगर महानगरपालिकाका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने

हिमालय टिभी
२०७७ माघ २७ गते १८:३६
विराटनगर महानगरपालिकाका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने

२७ माघ २०७७ विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका मुख्य तीन चोकमा आकाशे पुल निर्माण हुने भएको छ ।

बढ्दो जनघन्त्वसँगै हुने ट्राफिक जाम र दुर्घटना न्युनकरण गर्न विराटनगरको कन्चनबारी, बरगाछी र घाँसचोकमा आकाशे पुल निर्माण गर्न लागिएको हो । यसबाट यात्रुलाई बाटो काट्न र ट्राफिक व्यवस्थापन मिलाउन सहज हुने अपेक्षा गरिएको छ ।

पूर्ण ‘स्टिल स्ट्रक्टर’मा आधारित आकाशे पुल निर्माण हुनेछ । यस्ता पुल अन्यत्र सारेर पनि पुनः प्रयोगमा ल्याउन सकिनेछ ।

पुल निर्माणका लागि कला विल्डर्स र आरके विल्डर्स कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएका छन् । जसका लागि महानगरपालिकाले २ करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *