संसद विघटनको विरोधमा प्रधानमन्त्रीको गृह जिल्लामा पत्रकारको प्रदर्शन

हिमालय टिभी
२०७७ माघ २७ गते १५:१४
संसद विघटनको विरोधमा प्रधानमन्त्रीको गृह जिल्लामा पत्रकारको प्रदर्शन

२७ माघ २०७७ झापा । प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका पत्रकारले आज विर्तामोडमा प्रदर्शन गरेका छन् ।

विर्तामोडस्थित मुक्ति चोकमा भेला भएका पत्रकारले संविधानको रक्षा गर, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

नेपाल प्रेस युनियन झापा र प्रेस संगठन नेपालले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहितले ऐक्यबद्धता जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *