के टू आरोहीलाई पोखरामा सम्मान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २६ गते १९:१९
के टू आरोहीलाई पोखरामा सम्मान (भिडियो रिपोर्टसहित)

२६ माघ २०७७ पोखरा । केटु हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल नेपाली आरोहीलाई पोखरामा सम्मान गरिएको छ ।

हिउँदमा कोही पनि पुग्न नसकेको विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरेका दश नेपाली पर्वतारोहीलाई पोखरा पर्यटन परिषदले सम्मान गरेको हो । माघ ३ गते निर्मल पुर्जाको टिमले हिमालको सफल आरोहण गरेर इतिहास रचेको थियो ।

पोखरा विमानस्थलमा पुर्जाको आरोहण दलका सदस्यलाई परिषदले बाजागाजासहित भब्य स्वागत गरेको थियो । पुर्जासहितका आरोहण दलका सदस्यलाई गाडीमा राखेर पोखरा बजार परिक्रमा गराईएको थियो ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा पछिको दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु ८ हजार ६ सय ११ मिटर अग्लो छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *