विस्तारसँगै भासिएको नारायणगढ–मुग्लिन सडक मर्मत शुरु

हिमालय टिभी
२०७७ माघ २६ गते १३:५६
विस्तारसँगै भासिएको नारायणगढ–मुग्लिन सडक मर्मत शुरु

२६ माघ २०७७ चितवन । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाउँमा भासिएको नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मतको काम शुरु भएको छ ।

सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो ।

नदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको हो । यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

भासिएको ठाँउको तल काम गर्न सहज होस् भनेर सडक किनारामा स्टीलको बार लगाउने काम थालिएको छ । भासिएको स्थानमा ८२ वटा पायल बनाएर काम गर्न लागिएको नारायणगढ मुग्लिन सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले जानकारी दिनुभयो ।

भासिएको सडक मर्मत गर्न बज्र गुरु रायमाझी जेभीले ८ महिनाभित्र काम सक्ने गरी ११ करोड ३१ लाखमा काम थालेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *