बारामा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

हिमालय टिभी
२०७७ माघ २६ गते १३:४५
बारामा आफ्नै घरमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

२६ माघ २०७७ बारा । बाराको महागढीमाई नगरपालिकामा एक महिलाको घरभित्रै हत्या भएको छ ।

महागढीमाई नगरपालिका–१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ ।

जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो । आइतबार बेलुकी मृतकका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए ।

केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको बयान प्रहरीसमक्ष दिएका छन् । कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *