भागरथी भट्ट हत्याको विरोधमा धनगढीमा आज पनि प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २५ गते २०:५९
भागरथी भट्ट हत्याको विरोधमा धनगढीमा आज पनि प्रदर्शन (भिडियो रिपोर्टसहित)

२५ माघ २०७७ धनगढी । बैतडीकी भागरथी भट्टको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै कैलाली बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले आज धनगढीमा प्रदर्शन गरेका छन् ।

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन । उनीहरुले हत्यारालाई कार्वाहीको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ध्यानाकर्षण गराएका छन् ।

हत्यारालाई कारबाही नभएसम्म आन्दोलन नरोक्ने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *