तराईका किशोरीहरुको जीवन उज्यालो बनाउँदै संवाद कार्यक्रम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २४ गते २०:४८
तराईका किशोरीहरुको जीवन उज्यालो बनाउँदै संवाद कार्यक्रम (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ पर्सा । तराईका जिल्लामा बालविवाह र दाइजो प्रथाले समाजमा गहिरो गरी जरा गाडेको छ । सानैमा विवाह हुँदा कति किशोरीले बीचमै विद्यालय छाड्नु परेको छ । कतिपय अभिभावकको आयस्रोत नहुँदा चाहेर पनि छोराछोरीलाई पढाउन पाएका छैनन् । बारा र पर्सामा यो समस्या समाधानका लागि संवाद कार्यक्रम सहयोगी भएको छ ।

वीरगंज महानगरपालिका वडा ३० कि हजरा खातुन । संवाद कार्यक्रममा सहभागी भएर तालिम लिएपछि खातुनका मुर्छित सपना ब्यूँतिएका छन् । अनि आत्मविश्वासी भएर उहाँले व्यवसाय गरेर अहिले सहज जीवनयापन गरिरहनु भएको छ ।

बाराको फेटा गाउँपालिका वडा नम्बर ७ कि सिताकुमारी राम पनि संवाद कार्यक्रममा आउनु अघि कक्षा ८ को पढाई छाडेर बस्नु भएको थियो । तर अहिले उहाँ कक्षा ११ मा पढिरहनु भएको छ ।

तराईमा बालविवाह गरिदिने, दाइजो दिने कुसंस्कारले धेरैलाई मार परेको छ । यसविरुद्ध स्वयं किशोरी नै लागेका छन् ।

नेपाल ग्रामीण पुनर्निर्मिाण संस्थाद्वारा सञ्चालित किशोरी संवाद कार्यक्रमका कारण बारा र पर्साका १७ सय किशोरीको सशक्तिकरण भइसकेको छ । २२ सय जना स्कुल छाडेका फेरि अध्ययनमा फर्कन थालेका छन् । १२ स्कुललाई बाल मैत्री बनाइएको छ ।

संवाद कार्यक्रमले किशोरीलाई आत्मविश्वासी बनाउन मद्दत गरेको छ । युरोपिपय युनियनको सहयोगमा चाइल्ड नेपाल र संरक्षण नेपालको सहकार्यमा बारा र पर्सामा किशोरी कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *