अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न सात जना पक्राउ

हिमालय टिभी
२०७७ माघ २१ गते १८:४४
अनुसन्धान विभागका सहायक सूचकको हत्यामा संलग्न सात जना पक्राउ

२१ माघ २०७७ बाँके । बाँकेमा प्रहरीले राष्ट्रिय अनुसन्धानका सहायक सूचक प्रवीन थापा मगरको हत्यामा संलग्न भएको अभियोगमा ७ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

प्रवीनको हत्या भएको १८ दिनपछि बाँके प्रहरीले हत्यामा संलग्नलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नेपालगन्जको सुर्जेगाउँस्थित तोरीबारीमा माघ २ गते प्रवीन मृत अवस्थामा फेला परेका थिए ।

विवाद भएपछि ७ जना युवाको समूहले चिर्पटले हानेर प्रवीनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका युवा लागु औषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामा नेपालगन्ज १८ लग्दहवाका दिनेश कुर्मी र निश्चल गुरुङ, नेपालगन्जको बसपार्कमा डेरा गरी बस्ने जाजरकोटका तेज मगर लगायत छन् । हत्याको अनुसन्धानमा बाँके प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीसमेत खटिएको थियो ।

माघ १ गते साँझ ६ बजेसम्म सम्पर्कमा रहेका प्रवीन राती घर नआएपछि परिवारले प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *