समय नपुग्दै जन्मिएको शिशुको सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार
२०७७ माघ २० गते १७:४४

२० माघ २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक समय नपुग्दै जन्मिएका र सास फेर्न गार्हो भएको शिशुको सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार गरिएको छ ।
७ महिनामा जन्मिएको, एक किलो मात्रै तौल भएको राम्रोसँग सास फेर्न नसकेको शिशुलाई एनआइसीयु वार्डमा भर्ना गरेर सर्फ्याक्टेन्ट थेरापीबाट पहिलो पटक उपचार गरिएको हो ।
सामान्य अवस्थामा शिशु ४२ हप्ता अर्थात १० महिनामा जन्मन्छन । जन्मदा शिशुको तौल कम्तिमा २ किलो ५ सय ग्राम हुनुपर्छ । सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार शुरु गरेको एक हप्तामा शिशुको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
राप्ती सोनारीकी प्रमिला थारुले स्थानीय स्वास्थ्य चौकीमा समय नपुग्दै तौल निक्कै कम भएको र सास फेर्न गार्हो भएको शिशु जन्माएपछि भेरी अस्पताल रिफर गरिएको थियो ।
प्रतिक्रिया