बाँकेमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात, दोषीमाथि कारबाहीको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २० गते १३:१५
बाँकेमा ड्युटीमा रहेका चिकित्सकमाथि हातपात, दोषीमाथि कारबाहीको माग (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालका चिकित्सकमाथि हातपात भएको छ । सामाजिक अभियान्ता भनिने ज्ञानेन्द्र शाहीको समूहका सदस्य शिव सुवेदीले अस्पतालका फिजिसियन डा विपिन आचार्यमाथि हातपात गर्दै दुर्व्यवहार गरेका हुन् ।

जुम्लाका एकजना बिरामीको उपचारको विषयलाई लिएर ड्युटीमा रहेका नर्सिङ स्टाफहरुलाई दुर्व्यवहार गर्न थालेपछि सम्झाउन गएका डा आचार्यलाई सुवेदीले कठालो समातेर हातपातको प्रयास गरेका थिए ।

नागरिक समाजको नाममा अस्पतालमा गएर ड्युटीमा खटिएका चिकित्सक र स्टाफ नर्समाथि हातपात र दर्व्यवहार गर्न खोज्ने शिव सुवेदीलाई अस्पतालका स्वास्थ्यकर्मीले नियन्त्ररणमा लिएर कारबाहीका लागि प्रहरीलाई बुझाएका छन् ।

नागरिक समाजको नाममा समूह बनाएर चिकित्सक र सस्थ्यकर्मीमाथि हातपात गर्ने कार्यले भय र त्रासको वातावरण सिर्जना भएको बताउँदै स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही गर्न र सुरक्षाको व्यवस्था गर्न माग गरेका छन् ।

चिकित्सकमाथि हातपात गर्ने सुवेदीलाई नियन्त्ररणमा लिएर कानूनी कारबाही शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *