सम्पदा भत्काएर बनाइएको पार्कको दुर्दशा, स्थानीय बासिन्दा खिन्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १८ गते १९:२९
सम्पदा भत्काएर बनाइएको पार्कको दुर्दशा, स्थानीय बासिन्दा खिन्न (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका र प्रदेश सरकारको ५०–५० प्रतिशत साझेदारीमा तम्घासमा थ्रिडी पार्क निर्माण गरिएको छ । वर्षौको पहिचान र संरचना लाँकुरीमञ्च भत्काएर ५५ लाखको लागतमा पार्क बनाए पनि सञ्चालन भने हुन सकेको छैन ।

संरचना निर्माण गर्न हतारो गर्ने तर व्यवस्थापनमा ध्यान नदिने प्रवृतिको पछिल्लो उदाहरण हो गुल्मी तम्घासको थ्रिडी पार्क । पार्कको संरचना निर्माण भएको डेढ वर्षसम्म संचालन र व्यवस्थापन प्रक्रिया अन्योलमा परेको छ । सरकारी अड्डा, सदरमुकाम, मिडिया र नागरिक समाजको केन्द्र भएकै स्थानमा पार्कको दुर्दशा देखेर स्थानीयबासिन्दा खिन्न छन ।

निर्माण व्यावसायीले पार्क हस्तान्तरण गरेका छैनन् । संचालन र व्यवस्थापनको काम केही भएको छैन् । तर, पार्कको गेट र बत्ती भाँचिएका छन् । त्यति मात्रै होइन पार्क फोहोर गर्ने थलो बनेको छ । लाँकुरी मञ्चको वर्षौदेखिको पहिचाननै गुम्नु तर लामो समय पार्कले आफ्नो पहिचान स्थापित गर्न नसक्नु दुखद पक्ष हो । आआफ्नै स्वार्थका कारण पार्कलाई अलपत्र पारेर राज्यको रकम दुरुपयोग गरिएको नागरिक अगुवाको आरोप छ ।

निर्माण उपभोक्ता समितिले भने कोरोना संक्रमण लगायतका कारणले पार्क हस्तान्तरण गर्न नसकिएको जिकिर गरेको छ ।

पार्क संचालनको विषयमा मेयर र वडाध्यक्षबीचका कुरा बाझिँदै आएको छ । तैपनि यो पार्क छिट्टै संचालनमा ल्याउने वडाध्यक्षको दाबी छ ।

केही समयमै पार्कमा व्यवस्थापनको टुङ्गो नलागे पार्कको बाँकी संरचनाको पनि नामोनिशान नभेटिने खतरा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *