लाइटर खेलाउने क्रममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

हिमालय टिभी
२०७७ माघ १७ गते १७:१०
लाइटर खेलाउने क्रममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

१७ माघ २०७७ सोलुखुम्बू । मतानमा आगलागी हुँदा सोलखुुम्बुको नेचासल्यान गाउँपालिका–२ सल्यानमा दुई बालबालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाती ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा निरौला रहेका छन् ।

वडाध्यक्ष भेषकुमार बास्तोलाका अनुसार आज दिउँसो २ बजे बालबालिकाले लाइटर खेलाउने क्रममा मतानमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

आगो अहिले नियमन्त्रणमा आइसकेको छ भने शवलाई घटनास्थलबाट बाहिर निकालिएको वडा अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा प्रहरी प्रस्थान गरेको पहरी नायब उपरीक्षक कबित कटुवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *