प्रधानमन्त्री ओलीको विरोधमा चितवनमा बिहानैदेखि प्रदर्शन

हिमालय टिभी
२०७७ माघ १७ गते १३:१५
प्रधानमन्त्री ओलीको विरोधमा चितवनमा बिहानैदेखि प्रदर्शन

१७ माघ २०७७ चितवन । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको विरोधमा चितवनमा बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

अनेरास्ववियू सम्बद्ध विद्यार्थीहरुले विरोध पत्र सडक भरि फाल्दै र टायर बालेर विरोध गरेका छन् । नारायणगढ बजारसहित जिल्लाका ठाउँठाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भरतपुरका महत्वपूर्ण आयोजना सिटी हल र पुल्चोक–गोन्द्राङ सडक विस्तारको शिलान्याससँगै जनसभा गर्न चितवन जानु भएको हो ।

जनसभालाई प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु साहलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *