सुनकोशी–मरिन डाइभर्सन आयोजनास्थलका बासिन्दा आन्दोलित (भिडियो रिपोर्टसहित)
१६ माघ २०७७ काठमाडौं । सुनकोशी–मरिन डाइभर्सन आयोजना स्थलको माझी बस्तीका बासिन्दा आन्दोलित भएका छन् ।
आयोजनाले जग्गा अधिग्रहण मुआब्जा जस्ता विषयमा छलफल नगरेको भन्दै स्थानीय माझी आन्दोलनमा उत्रिएका हुन् । रामेछाप र सिन्धुलीका प्रभावित क्षेत्रका नागरिकको हक रक्षा गरिदिन भन्दै उनीहरुले राष्ट्रिय मानवअधिकार आयोगमा निवेदनसमेत दिएका छन् ।
आयोजनाले स्थानीय आदिवासीको धार्मिक सांंस्कृतिक पक्षलाई बेवास्ता गर्दै निर्माण कार्य अगाडि बढाएको आरोप लागेको छ । आयोगमा निवेदन दर्ता गराउन पुगेका आदिवासी माझीले सरकारले मागलाई बेवास्ता गरेर आयोजना अघि बढाउन नसक्ने बताएका छन् ।
सरकारले स्वतन्त्र अग्रिम र सूचित मन्जुरी लिएर मात्र काम अघि बढाउनुपर्ने प्रभावित क्षेत्रका माझी समुदायको माग छ । आयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी पालना गर्न पनि उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया