मकवानपुरमा भएको बस दुर्घटनामा ३० जना घाइते

हिमालय टिभी
२०७७ माघ १६ गते १४:३०
मकवानपुरमा भएको बस दुर्घटनामा ३० जना घाइते

१६ माघ २०७७ हेटौंडा । मकवानपुरको छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

आज मकवानपुरको घियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नम्वरको बस बागमती गाउँपालिका ४ स्थित छतिवन तामाखोलामा दुर्घटनामा परेको हो ।

३० यात्रु सवार बस दुर्घटना हुँदा सबै यात्रु घाइते भएको प्नहरीले जनाएको छ । दुर्घटनामा चालकसहित २३ जना सामान्य घाइते भएको र ९ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी हात्तिसुडेले जनाएको छ ।

सामान्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र छतिवनमा उपचार भैरहेको छ भने भाम्भीर घाइतेलाई उपचारका लागि हेटौंडा पठाईएको छ । बस दुर्घटनाको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *