कोरोना संक्रमणबाट बाँकेमा थप एक जना स्वास्थ्यकर्मीको मृत्यु
२०७७ माघ १६ गते १४:१६
![कोरोना संक्रमणबाट बाँकेमा थप एक जना स्वास्थ्यकर्मीको मृत्यु](https://www.himalayatv.com/wp-content/uploads/2020/05/death.jpeg)
१६ माघ २०७७ बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप एक जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
बाँकेको बैजनाथ स्वास्थ्य चौकीमा कार्यरत सिअनमी अधिकृत रमा भारतीको मृत्यु भएको हो । कोरोना संक्रमण भएपछि नेपालगन्जको भेरी अस्पतालको कोरोना वार्डमा उपचार गराइरहेकी भारतीको आज बिहान मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गर्दा सिअनमी भारतीलाई माघ १४ गते संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाई भेरी अस्पतालको आसीयुमा राखेर उपचार गरिएको थियो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
प्रतिक्रिया