प्रधानमन्त्रीले गर्ने सिटी हल र सडक शिलान्यास भरतपुर महानगरपालिकाले बहिस्कार गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १६ गते १३:२८
प्रधानमन्त्रीले गर्ने सिटी हल र सडक शिलान्यास भरतपुर महानगरपालिकाले बहिस्कार गर्ने (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ चितवन । भरतपुरमा निर्माणधीन सिटी हल र ६ लेन सडकखण्डको शिलान्यास कार्यक्रम भरतपुर महानगरपालिकाले बहिष्कार गर्ने भएको छ ।

महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्ने कार्यक्रम बहिष्कार गर्ने जानकारी दिएको हो ।

महानगरका मेयर रेणु दाहालले आफूहरुको समन्वय बिना नै शिलान्यास गर्न लागिएको भन्दै कार्यक्रम बहिष्कार गर्न लागेको बताउनुभयो।

संघीय सरकारको बजेटमा भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित जिल्ला समन्वय समितिको पछाडी रहेको ४ विघा ४ कठ्ठा क्षेत्रफलमा सुविधा सम्पन्न हल निर्माण भइरहेको छ ।

२०७५ पुस १७ गते भरतपुर महानगरको नाममा जग्गाको लालपूर्जा प्राप्त भएपछि सिटीहल निर्माणको प्रक्रिया अघि बढेको हो ।

यस्तै गोन्द्राग–नारायणगढ ६ लेन सडक निर्माणको काम पनि अहिले धमाधम भइरहेको छ । निर्माण अघि बढेका दुवै आयोजनामा अहिले आएर बल्ल शिलान्यास गर्न थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *