डिस्टिलरी सञ्चालकको शव भेटियो, हत्या भएको आशंका

हिमालय टिभी
२०७७ माघ १६ गते ९:३५
डिस्टिलरी सञ्चालकको शव भेटियो, हत्या भएको आशंका

१६ माघ २०७७ जनकपुर । धनुषाको महेन्द्रनगरमा एक मदिरा उद्योगीको हत्या भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका ७ सखुवा महेन्द्रनगरमा सञ्चालित क्षिरेश्वरनाथ डिस्टिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हिजो साँझ हत्या भएको अवस्थामा शव फेला परेको हो ।

उहाँको शव उद्योगको क्वाटरमा रक्ताम्य अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँको हत्या भएको प्रहरीको आशंका भए पनि पुष्टि भइसकेको छैन ।

प्रहरीले चार जनालाई शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकाहरूकै घटनामा संलग्नता रहेको भनेर पुष्टि हुन सकेका छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *