जुम्लाको गोठीगाउँमा ३० घर जलेर नष्ट

हिमालय टिभी
२०७७ माघ १४ गते ६:५४
जुम्लाको गोठीगाउँमा ३० घर जलेर नष्ट

१४ माघ २०७७ जुम्ला । जुम्लाको गोठी गाउँमा भीषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेर नष्ट भएका छन् ।

जिल्लाको तिला गाउँपालिकाको गोठी गाउँमा गएराती आगलागी हुँदा ३० घर जलेर नष्ट भएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिनुभयो ।

चौलागाईका अनुसार आगलागी भएको ठाउँतर्फ प्रहरीको टोली गइसकेको छ । आगलागी भएको जानकारी पाएलगतै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोली घटनास्थलतर्फ गइसकेको छ ।

आगो नियन्त्रणमा नरहेका कारण घरहरु अझै जलेको हुन सक्ने आँकलन गरिएको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट करिब चार घण्टा लाग्छ ।

काठैकाठका घरहरु बढी भएकाले आगलागी बढेको आशंका गरिएको छ । मानवीय क्षति भएनभएको एकीन छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *