महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
२०७७ माघ १२ गते १३:२७
१२ माघ २०७७ महोत्तरी । महोत्तरीमा आज बिहान टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
सम्सीबाट गौशालाका लागि छुटेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका ४ कटुधारमा ठक्करदिँदा ज ६ प १४०९ नम्बरको मोटरसाइकल चालक बल्वा नगरपालिका वडा नम्बर ९ का २० वर्षीय प्रमोद राम चमार १४ वर्षीय गुडडु नदाफको मृत्यु भएको हो ।
टिपर र चालक प्रहरी नियन्त्रणमा छन । दुर्घटनाबाट स्थानीले सडक अवरुद्ध गरेका छन् ।
प्रतिक्रिया