अख्तियार प्रदेश १ कार्यालयमा भ्रष्टाचारका १७ वटा मुद्दा दर्ता
२०७७ माघ ११ गते १८:५४
११ माघ २०७७ विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश १ कार्यालयमा झण्डै १७ सय वटा भ्रष्टाचारका मुद्दा दर्ता भएको छ।
अख्तियारको प्रदेश १ कार्यालय इटहरीले प्रदेश प्रमुख समक्ष प्रस्तुत गरेको ३०औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७६(७७ मा प्रदेशभर भ्रष्टाचारका १ हजार ६ सय ९३ वटा मुद्दा दर्ता भएको उल्लेख छ ।
सात वटा प्रदेश मध्ये प्रदेश १ का ९ दशमलव ८२ प्रतिशत उजुरी छन् । देशभरीको कुल उजुरी भने २५ हजार एक सय ५२ छ । प्रतिवेदन बुझ्दै प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले अख्तियारले गरिरहेको अनुसन्धानले वाचडकको गति प्रदान गरेको बताउनुभयो ।
उहाँले अख्तियार आफैँमा शक्तिशाली आयोग भएकाले यसले आफ्नो शक्तिको सदुपयोग गर्नुपर्ने आम नागरिकको चाहना रहेको बताउनुभयो ।
प्रतिक्रिया