धनुषा र सर्लाहीबाट हतियारसहित दुई जना पक्राउ

हिमालय टिभी
२०७७ माघ १० गते १५:०९
धनुषा र सर्लाहीबाट हतियारसहित दुई जना पक्राउ

१० माघ २०७७ काठमाडौं । धनुषा र सर्लाहीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् ।

प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ बाट लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनीका १९ वर्षीय विवेक यादवलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

यस्तै सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय अरुण मिश्र पनि हतियारसहित पक्राउ परेका छन् । उनलाई कविलासी नगरपालिका१० चमेलीमाइबाट एक थान पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *