Main News
३ हजार ५४५ जनामा परीक्षण गर्दा ३०२ जनामा कोरोना पुष्टि, थप सात जनाको मृत्यु
२०७७ माघ ९ गते १६:४०

९ माघ २०७७ काठमाडौं । नेपालमा थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६८९४८ पुगेको छ । नेपालमा तीन हजार छ सय १४ जना सक्रिय सङ्क्रमित छन् ।
तीन हजार ५ सय ४५ पीसीआर परीक्षण गर्दा तीन सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९८६ पुगेको छ ।
नेपालमा थप ४८० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६३३४८ पुगेको छ ।
अहिले ३६१४ जना आइसोलेसनमा छन् भने १५८ जना क्वारन्टिनमा रहेका छन् ।
प्रतिक्रिया