ललितपुरको लुभुमा पोखरेल दम्पत्ति मृत फेला, आत्महत्या गरेको आशंका

हिमालय टिभी
२०७७ माघ ६ गते १३:१२
ललितपुरको लुभुमा पोखरेल दम्पत्ति मृत फेला, आत्महत्या गरेको आशंका

६ माघ २०७७ ललितपुर । ललितपुरको लुभुमा दम्पत्ति मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय रमेश खड्काको घरमा फ्याल्ट भाडामा लिएर बसेका सप्तरीको राजविराजका ३२ वर्षीय सागर पोखरेल र उहाँकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर, ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिनुभयो ।

कोठा भित्रबाट बन्द गरेको अवस्थामा दुवै जनाको शव भेटिएको थियो । नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको एसएसपी बज्राचार्यले बताउनुभयो ।

भेटेनरी सामानका सप्लायर सागरले निर्मलासँग पाँच महिना अघि मात्रै विवाह गर्नुभएको थियो । पोखरेल दम्पत्तिसँगै फ्याल्टमा आमाबुबा पनि बस्ने गरेका थिए । तर, आमाबुबा बालकोटस्थित छोरीको घरमा गएका बेला घटना भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *