बाँकेका दुई अस्पतालको कोरोना वार्डमा एक हजार बढी संक्रमितको उपचार

हिमालय टिभी
२०७७ माघ ५ गते १९:०७
बाँकेका दुई अस्पतालको कोरोना वार्डमा एक हजार बढी संक्रमितको उपचार

५ माघ २०७७ बाँके । बाँकेको खजुरा क्यान्सर अस्पतालको कोरोना विशेष अस्पताल र भेरी अस्पतालको कोरोना वार्डमा हालसम्म एक हजार भन्दा बढी संक्रमितको निःशुल्क उपचार भएको छ ।

भेरी अस्पतालमा ५२ हजार ७ सय ७२ जनाको पीसीआर परीक्षण गरिएको छ । जुन राजधानी बाहिरको कुनै पनि अस्पतालमा गरिएको सबैभन्दा बढी संख्या हो । भेरीमा उपचार गरिएकामध्ये झण्डै ७ सय संक्रमित सिकिस्त थिए ।

भेरी अस्पतालका चिकित्सक, नर्ससहित स्वास्थ्यकर्मीको टोलीले कोरोना विशेष अस्पताल खजुरामा ३ सय ६० जना संक्रमितको उपचार गरेको छ ।

कोरोना संक्रमितको उपचारका लागि भेरी अस्पतालमा हाल १५ वटा भेन्टिलेटर, ८ वटा सि प्याक र वाइ प्याक मेसिन, ६ वटा हाइ फ्लो नोजल क्यानला छन ।

पछिल्ला दिन भेरीमा मा उपचारका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २१ वटा जिल्लाबाट सिकिस्त बिरामी पुग्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *